भावुक हुँदै प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

जनस्तरको चर्को दबाबका बाबजुद पनि सरकारले नेपाल विद्युत प्राधिकरणका निर्देशकमा कुलमान घिसिङलाई पुन नियुक्ति नगरेपछि मंगलबार अौैपचारिक रुपमा घिसिङ प्राधिकरणबाट बिदाई भएका छन् ।

आइतबार कार्यकाल सकिएका घिसिङ्गको प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् ।

कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारीहरुको उपस्थितिमा मात्र बसेर बिदाई गरिएको हो । फाइल तस्बीर

प्रतिक्रिया