• गृहपृष्ठ /
  • Breaking News ,
  • प्रदेश / स्थानीय ,
  • मुख्य खबर ,
  • समाचार

बिजुलीकाे पाेलबाट खसेर बागलुङका शर्माकाे ज्यान गयाे

बिजुलीकाे पाेलबाट खसेर पर्वतमा एक जनाकाे ज्यान गएकाे छ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खसेर बाग्लुङका रामरेखाका भोलाराम शर्माको ज्यान गएकाे हाे ।

विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत शर्मा विद्युत मर्मत गर्न पाेलमा चढेकाे बेला अचानक पाेलबाट खसेर घाइते भए पछि उपचारकाे लागि कुश्मा लगिएकाेमा उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

घटनाकाे बारेमा अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया