• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर

समाज लघुवित्तको आइपिओ यसै साता भित्र दोस्रो बजारमा आउने,ढिलो हुनुको कारण यस्तो छ

आइपिओ निस्कासन गर्ने बेलामा निकै चर्चामा रहेको समाज लघुवित्तको आइपिओ यसै साताको अन्त सम्ममा दोस्रो बजारमा आइ पुग्ने कम्पनीले जनाएको छ ।

सँगै आइपिओ निस्कासन गरेको रिलायन्सले दोस्रो बजारमा समेत कारोवार गरिसकेको अबस्थामा समाजले भने अझै आफ्नो काम सकेको छैन । संस्थाका ब्यवस्थापकिय प्रमुख रोशन गुरुङका अनुसार रजिष्टार चयनमा समय परिस्थितिले गर्दा ढिलो हुन गएकोले आज सम्म शेयर सूचिकृत हुन नसकेको बताउनु भयो । साथै अहिले भने विओके क्यापिटल मार्फत धमाधम काम भइरहेको बताउनु भयो ।

उहाँका अनुसार ढिलोमा यो साताको अन्त्य सम्मा सबै काम सक्ने गरि प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया