अबको केहि दिनमा लिवर्टीको आइपीओ सुचिकृत हुने,यस्तो छ ढिलो हुने कारण

केहि समय पहिला सँगै आइपीओ निस्कासन गरेका रिलायन्स लाइफ इन्सुरेन्सले आफ्नो शेयर बाडफाड गरि दोस्रो बजारमा समेत कारोवारको दोस्रो हप्ता हुन थाले पनि सँगैको लिवर्टीले भने आज सम्म सूचिकृत हुन सकेको छैन ।

पाठकको अत्यधिक जिज्ञाशा पछि हामीले आज यस विषयमा विस्तृत जानकारी लिएका छौं । संस्थाका प्रशासकिय प्रमुख विनम्र शिवाललाई ढिलाईको बारेमा प्रश्न गरेका छाै । उहाँका अनुसार ग्रामिण भेगमा जहाँ आयोजना प्रभावित छन त्यहाका जनताको लागी पनि शेयर निस्कासन गरेको र त्यहाबाट सम्पुर्ण विवरण आउन समय परिस्थितिले गर्दा ढिलो भएको बताउनु भयो । अरूकाे जस्ताे अनलाइन र सुगम ठाँउमा मात्र हाम्रो शेयर निस्कासन भएको हैन,आयोजना प्रभावित क्षेत्रबाट कागजपत्र आउने ढिलो भएकै कारणले समय लागको हो । उहाँले थप्नु भयो ।

अनलाईबाट शेयरको आवेदन गर्नेहरुको विवरण केहि दिनमानै आएको तर आयोजना प्रभावित क्षेत्रबाट सम्पुर्ण विवरण आउन ढिलो भएका कारण समय लागेको उहाँको भनाइ थियो । उहाँले थप्नु भयो अबको केहि दिनमा सम्पुर्ण काम सकिने छ र अहिले अन्तिम चरणमा रहेको छ ।

कम्पनीले १०० अंकित दरको ३७ करोड ५० लाख कित्ता साधारण सेयर मध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अधिनमा रहि जारी पूँजीको १५ प्रतिशत अर्थात १०० अंकित दरको २२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित स्थानिय बासिन्दाहरुमा विक्री नभई बाकी रहेको १०० अंकित दरको १३ लाख १४ हजार ९ सय ३० कित्ता समेत ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण शेयर निष्काशन गरेकाे थियाे ।

प्रतिक्रिया