काठमाडौं - बैंकहरुले अघिल्लो वर्षको नाफाबाट बोनस घोषणा गरिरहेका छन् ।
बैंकिङ क्षेत्रमा वाणिज्य बैंकहरूमध्ये नविल बैंकले सबैभन्दा धेरै लाभाँस दिने भएको छ । अन्य बेंकको तुलनामा नविल बैंक लाभाँस धेरै दिनेमा अघि देखिएको हो । हालसम्म् करिव डेड दर्जन बैंकहरुले लाभाँस घोषणा गरेका छन् ।
ती बैंकहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर र नगद लाभांश घोषणा गरेका हुन् । नबिल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ दशमलव चार प्रतिशत नगद र ३३ दशमलव ६ प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो आबमा ३५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
हिमालयन बैंकले २१ दशमलव ३६ प्रतिशत बोनस सेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश गरी १७ दशमलव ८९ प्रतिशत लाभांश घोषणा गरेको छ । एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बंगलादेश बैंकले ३ दशमलव ५० प्रतिशत नगद लाभांश र बोनस सेयर १२ प्रतिशत गरी १५ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । एनएमबि बैंकले १२ दशमलव ५ प्रतिशत बोनस सेयर र ३ दशमलव ५ प्रतिशत नदग गरी १५ दशमलव ८ प्रतिशत लाभांश दिने भएको छ ।
एभरेष्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी १० दशमलब ३२ प्रतिशत घोषणा गरेको छ । त्यसैगरी सिद्धार्थ बैंकको १४ दशमलव २५ प्रतिशत बोनस र शूून्य दशमलव ७५ प्रतिशत लाभांश घोषणा १५ प्रतिशत लाभाँस दिने भएको छ । नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी १७ प्रतिशत लाभांश दिने भएको छ । सिटिजन बैंकले १२ दशमलव ९१ प्रतिशत बोनस सेयर र ३ दशमलव ९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश घोषणा गरेको छ। इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस सेयर र ३ दशमलव ३९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ६ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ६ प्रतिशत लाभांश दिने भएको छ । बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश गरी १४ प्रतिशत दिने घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश गरेर १४ प्रतिशत दिने छ । कुमारी बैंकले ६ प्रतिशत बोनस र २ दशमलव ६७ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश दिने भएको छ । अन्य बैंकहरुको घोषणा हुन बाँकी छ ।