धनुषामा निर्माणाधीन सडकको खाल्डोमा डुबेर दुई दाजुभाइको मृत्यु

जनकपुरधाम — धनुषा जिल्लाको कमला नगरपालिका–२ सराबे टोलमा निर्माणाधीन सडकको खाल्डोमा पानी जमेर दुई बालकको डुबेर मृत्यु भएको छ। मृतकमा ७ वर्षीय रितिक साह र ५ वर्षीय रितिश साह रहेका छन्, जो आपसमा दाजुभाइ हुन्। उनीहरू रामबाबु साह र उनका भाइ श्यामबाबु साहका छोरा हुन्।

मंगलबार दिउँसो खेल्न निस्किएका बालकहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। त्यसक्रममा स्थानीयवासीले सडकछेउको खाल्डोमा तैरिएको अवस्थामा दुवै बालकको शव फेला पारेका थिए।

प्रहरीका अनुसार केही दिनअघि मात्रै वडा नम्बर २ मा कृषि सडक निर्माणको काम थालिएको थियो। खाल्डो खनेर छाडिएको ठाउँमा वर्षाका कारण पानी थुप्रिएको थियो, जुन खतरनाक बन्न पुगेको थियो।

सडक निर्माण गर्दा सुरक्षा सतर्कता नअपनाइएकाले दुर्घटना भएको भन्दै स्थानीयवासीले आक्रोश जनाएका छन्।

प्रतिक्रिया