बैंक र बीमा क्षेत्रको आर्थिक बृद्धि १३.३ प्रतिशत

काठमाडौं । चालु आर्थिक बर्ष २००/१ को पहिलो त्रैमासमा वित्तीय तथा बीमा क्षेत्रको आर्थिक बृद्धि (कुल मूल्य अभिवृद्धि) १३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक कार्यालयले पहिलो त्रैमासको आर्थिक बृद्धि सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

कार्यालयले पहिलो त्रैमासमा समग्र नेपालको आर्थिक बृद्धि ३.२ प्रतिशतले बढेको अनुमान गरेको छ । त्यस भित्रका बिभिन्न आर्थिक क्षेत्र मध्ये बैंक तथा बीमा क्षेत्रमासो बराबरको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । धेरै आर्थिक बृद्धिदर हुनेमा बैंक तथा बीमा क्षेत्र दोस्रो नम्बरमा छन् ।

निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम लगायतका कारणले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव परेको केन्द्रीय तथ्यांक कार्यालयको भनाइ छ ।

सबै भन्दा बढी आर्थिक बृद्धि भने खानी तथा उत्खननमा हुने अनुमान गरिएको छ । समिक्षा अवधीमा खानी तथा उत्खनन् क्षेत्रको आर्थिक बृद्धि १५.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा गिट्टी तथा ढुंगाको उत्खननले यस्तो प्रभाव परेको देखिन्छ । तेस्रोमा भने आवास तथा भोजन सेवा क्षेत्र रहेको छ, समिक्षा अवधीमा यस क्षेत्रको आर्थिक बृद्धि ११.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । पहिलो त्रैमासिक अवधिमा पर्यटकको आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा प्रत्यक्षरुपमा सकरात्मक असर परेको कार्यालयको भनाइ छ।

समिक्षा अवधीमा निर्माण क्षेत्रको आर्थिक बृद्धि ११.४ प्रतिशतको बढ्ने अनुमान गरिएको छ । त्यसैगरी यस अवधिमा अर्थतन्त्रमा सबै भन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाइ छ ।

यद्यपि, थोक तथा खुद्रा ब्यापार क्षेत्रको आर्थिक बृद्धि १.२ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएकोछ ।समग्र आयातमा समान्य वृद्धि भएतापनि ब्यापारजन्य वस्तुहरूमा आएको कमीको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको कार्यालयको भनाइ छ ।

 

गत आवको चौथो त्रैमास अर्थात् बैशाख, जेठ र असारको तुलनामा भने चालु आवको पहिलो त्रैमासमा १२ वटाको क्षेत्रका कुल मूल्य अभिवृद्धिमा बढ्ने र अन्य ६ वटा क्षेत्रका उत्पादनमा कमी रहने अनुमान गरिएको छ । यस अवधिमा पानी आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबै भन्दा धेरै ७.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसैगरी सोही अवधिमा मुख्यत: वित्तीय तथा वीमा क्षेत्र, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा संचार क्षेत्रमा सुधार आएर क्रमश: ६.७, ५.५ र ३.८ प्रतिशतले बढ्ने अनुमान छ । सोही अवधिमा विद्युतको उत्पादनमा कमी भएकोले विद्युत् तथा ग्याँसको क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबैभन्दा २१.९ प्रतिशतको कमी छ । यसैगरि थोक तथा खुद्रा व्यापार, निर्माण, खानी तथा उत्खनन र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिमा क्रमश: .०, ७., ५ र ३.८ प्रतिशतको कमी आउने अनुमान छ ।

कार्यालय गत आवको सोही अवधीको तुलनामा चालु आवको पहिलो त्रैमासमा ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा भने आर्थिक बृद्धिदर १.४ प्रतिशतले घटेको छ । कार्यालयले मौसमी प्रभाव सहित त्रैमासिक कुल ग्राहस्थ उत्पादन र अन्तरराष्ट्रिय मुद्रा कोषले ल्याएको सफ्टवेयरको आधारमा यो गणना गरेको हो । अर्थपथबाट

प्रतिक्रिया