शेयर बजारमा आकर्षण, शेयर कर्जा लोन सय प्रतिशत बढ्यो

काठमाडौं– पूँजीबजारको आकार र कारोबार बढेसँगै बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने मार्जिन प्रकृतिको कर्जा प्रवाह करिब सय प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) को वैशाखको तुलनामा चालू आवको वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कर्जा वृद्धिदर ९९ दशमलव १९ प्रतिशतले बढेको छ ।

गत आवको १० महीनाको तुलनामा चालू आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मार्जिन प्रकृतिको कुल कर्जा रू. ९४ अर्ब ३४ करोड ४० लाख पुगेको छ । यो वाणिज्य, विकास बैंक र वित्त कम्पनीमार्पmत भएको कर्जा प्रवाह हो । गत आवको सोही अवधिमा मार्जिन प्रकृतिको यस्तो कर्जा रू.४७ अर्ब ३६ करोड ५० लाख बराबर प्रवाह भएको थियो । यसपटक थप ४६ अर्ब ९७ करोड ९० लाख रुपैयाँले कर्जा प्रवाह भएको छ ।

वैशाखसम्मको कुल कर्जा प्रवाहमा मार्जिन प्रकृतिको कर्जाको अंश २ दशमलव ३२ प्रतिशत रहेको छ । यसअवधिमा कुल कर्जा रू. ४० खर्ब ६१ अर्ब ४० करोड ५० लाख प्रवाह भएको छ । यसअवधिमा वाणिज्य बैंकको कर्जा वृद्धिदर ११४ दशमलव ८६ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूमा गत आवको वैशाखसम्म ३७ अर्ब ९८ करोड ३० लाख रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएकोमा गत वैशाखमा रू. ८१ अर्ब ६१ करोड २० लाख पुगेको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । ग्लोबलले यस शीर्षकको कर्जामा ७ अर्ब ५१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेको छ ।

ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल शेयरबजारप्रति आकर्षण बढेको बताउँछन् । यही कारण शेयर धितोमा कर्जा बढेको हो तर बैंकको कुल कर्जामा यस्तो कर्जाको अंश सामान्य नै रहेको उनको भनाइ छ । ‘बैंकको आकार ठूलो भएकाले यस्तो कर्जा धेरै देखिएको हो । राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै कम कर्जा यो शीर्षकमा गएको छ,’ उनले भने । उनका अनुसार हाल बैंकले यस्तो खालको कर्जामा औसत साढे ८ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ ।
शेयर धितो कर्जामा दोस्रो धेरै लगानी गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । यसले ५ अर्ब ७८ करोड ५६ लाख मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेको छ ।
यसले साढे ५ अर्बदेखि साढे ४ अर्बसम्मको मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन् । साढे ४ अर्बभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य र कुमारी बैंक रहेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया