काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज असार ६ गते (शुक्रबार) को मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिनभर देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना देखिएको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने कोसी र मधेस प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
रातिको अवस्थामा पनि लगभग यस्तै स्थितिको पूर्वानुमान गरिएको छ। पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भूभागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने उल्लेख गरिएको छ।
वर्षा मात्रा (मिमी) | वर्गीकरण |
---|---|
१० मिमी भन्दा कम | हल्का वर्षा |
१० – ५० मिमी | मध्यम वर्षा |
५० – १०० मिमी | भारी वर्षा |
१०० – २०० मिमी | धेरै भारी वर्षा |
२०० मिमी भन्दा बढी | अति भारी वर्षा |