उत्कृष्ट अडियो र भिडियोसहित सर्जक कमल खनालको "ताली बजाइ देउ" सार्वजनिक

काठमाडौँ — कर्मथलो अमेरिका भए पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय लोकप्रिय सर्जक तथा गायक कमल खनालको नयाँ गीत "ताली बजाइ देउ" सार्वजनिक भएको छ।

उत्कृष्ट अडियो र भिडियोसहित तयार पारिएको यो गीत छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेको छ। माया–प्रेमलाई विषयवस्तु बनाइएको गीतको शब्द, संगीत र म्युजिक भिडियोले दर्शकलाई आकर्षित गरिरहेको छ।

गीतमा अहिलेका चर्चित गायक कुशल बेलबासे र शान्ती श्री परियारको स्वर रहेको छ भने संगीत संयोजन विश्वास नेपालले गरेका छन्।

भिडियो जेरी भण्डारीको निर्देशनमा तयार पारिएको हो। यसमा रचना न्यौपाने र सुरेश कोहलीको दमदार नृत्यसहितको अभिनय देख्न सकिन्छ।

 

प्रतिक्रिया