बम्पर बोनस घोषणाले पनि किन चम्किन सकेन आज नविलको खरिद विक्री ? किन्ने भन्दा बेच्ने धेरै, मूल्य पनि घट्यो

काठमाण्डौ । बाणिज्य बैकहरुमा सबै भन्दा धेरै बोनस घोषण गरेको नविल बैकको अपेक्षीत रुपमा शेयर मूल्य बढ्न नसकेको लगानीकर्ताहरुको गुनासो आएको छ ।

विहिवारको बजार अबस्था हेर्दा पनि त्यो पुष्टी हुन्छ । बुधवार बढेको खरिद र शेयर मूल्य आज भने सामान्य करेन्सन आएको छ । आज नविलको शेयर खरिद भन्दा विक्री गर्ने धेरै रहेका छन । आज समग्ररुपमा नेप्से घटिरहेको छ । यसै विच नविलको शेयर मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

सोमवार मात्र नविलको सञ्चालक समितिको बैठकले ३६ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको थियो । यो समाचार तयार पार्दा सम्म नविलको १ हजार ४ सय ४० को हाराहारीमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया