व्याजदर करिडोरमा संशोधन

नेपाल राष्ट्र बैंकले व्याजदर करीडोरमा दोस्रो संसोधन गरेको छ । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै व्याजदर करीडोर संसोधन गरिएको हो ।

१ मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिनेछ ।

२. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५.० प्रतिशत रहेको छ ।

३. ब्याजदर करिडोरअन्तर्गत Overnight रिपो दर नीतिगत दरको रूपमा ३.० प्रतिशत रहेको छ ।

४. ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १.० प्रतिशत रहेको छ ।

५. ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा प्रदान गर्नको निमित्त स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३ अनुसारका प्रक्रियाहरू अवलम्बन गरिनेछ ।

६. ब्याजदर करिडोरअन्तर्गत तरलता प्रवाह (Inject) गर्नका लागि Overnight रिपो उपकरण निम्नानुसारको कार्यविधि अवलम्बन गरी जारी गरिएको छ ।

(क) “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अघिल्लो दिनको आफ्नो स्वदेशी निक्षेप दायित्वको ०.२५ प्रतिशतसम्म हप्तामा एकपटक Overnight रिपो सुविधा बार्षिक ३.० प्रतिशत ब्याजदरमा उपयोग गर्न पाउने छन्।

(ख) यो सुविधाका लागि निवेदन दिँदा निवेदन दिनुभन्दा अघिल्लो दिन वा सो दिन विदा भएमा सोभन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदर) ३.० प्रतिशतभन्दा माथि रहेको हुनु पर्नेछ ।

(ग) यो सुविधा उपयोग गर्न यस बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गरेका तोकिएबमोजिमका संस्थाले अनुसूची–१ मा उपलब्ध ढाँचामा निवेदन दिनु पर्नेछ ।

(घ) निवेदनमा सम्बन्धित संस्थाका कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको हुनुपर्नेछ ।

(ङ) Overnight रिपो माग गर्नको लागि पेश गर्नुपर्ने निवेदन, धितोको विवरण एवम् धितो राखिने सुरक्षणपत्रहरूको सक्कल प्रति कार्यालय समय सकिनुभन्दा कम्तीमा एक घण्टाअगावै यस विभागमा पेश गर्नुपर्नेछ ।

(च) रीतपूर्वकको निवेदन प्राप्त भएपश्चात् आवश्यक प्रक्रिया पु¥याई सम्बन्धित संस्थाको यस बैंकमा रहेको खातामा स्वीकृत रकम जम्मा गरिनेछ ।

(छ) धितोको रूपमा सुरक्षण राख्ने सुरक्षणपत्रहरू (टे«जरी बिल, विकास ऋणपत्र वा नेपाल राष्ट्र बैंक ऋणपत्रको ब्याज भुक्तानी पुर्जा संलग्न भएकोमा ब्याज भुक्तानी पुर्जा समेत) निवेदनसाथ स्वीकृत रकमको ११० प्रतिशत रकम बराबरको सक्कलै प्रति धितोस्वरूप यस विभागमा पेश गर्नुपर्नेछ । उपत्यका बाहिरका संस्थाले धितो राख्नुपर्ने सुरक्षणपत्रहरूको सक्कलै प्रति नजिकको यस बैंकको कार्यालयमा पेश गर्नुपर्नेछ ।

(ज) उपत्यका बाहिरका संस्थाहरूले धितो राख्नुपर्ने तोकिएबमोजिमका सुरक्षणपत्रको सक्कल प्रति नजिकको यस बैंकको कार्यालयमा पेश गरेको प्रमाणित भएपश्चात् मात्र स्वीकृत रकम जम्मा गरिनेछ ।

(झ) इखभचलष्नजत रिपो लिएको रकम ननिखनिएसम्म धितोमा रहेका सुरक्षणपत्रहरू बैंकको अभिलेखमा समेत रोक्का रहने छन्। साँवा र सोको ब्याज रकम बैंकले फिर्ता भुक्तानी प्राप्त गरेपश्चात्धितोको रूपमा रहेका सुरक्षणपत्र फिर्ता गरिनेछ ।

(ञ) इखभचलष्नजत रिपो सुविधा बापत प्रदान गरिएको साँवा तथा ब्याज रकम सम्बन्धित संस्थाको यस बैंकमा रहेको खातामा खर्च गरी बैंकले फिर्ता लिनेछ ।

(ट) निखन्ने दिनमा सुविधा बापत लिएको साँवा–ब्याज रकम बैंकलाई फिर्ता भुक्तानी गर्नको लागि उक्त संस्थाको यस बैंकमा रहेको खातामा पर्याप्त मौज्दात कायम हुनु पर्नेछ ।

(ठ) निखन्ने दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनमा निखन्नु पर्नेछ । यसोगर्दा निखन्ने दिनभन्दा अघिल्लो दिनसम्मको ब्याज रकम समेत असुल गरिनेछ ।

(ड) यस उपकरणको भुक्तानी मितिमा सम्बन्धित काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा माष्टर रिपर्चेज एग्रीमेण्टमा भएको व्यवस्था अनुरूप हुनेछ ।

७. ब्याजदर करिडोर अन्तर्गत तरलता प्रशोचन (Mop-up) गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरण निम्नानुसारको कार्यविधि अवलम्बन गरी जारी गरिनेछ ।

(क) १.० प्रतिशत ब्याजदरमा आवश्यकता अनुसारको परिमाणमा बोलकबोलको माध्यमबाट निक्षेप संकलन गर्न सकिनेछ ।

(ख) निक्षेप संकलन आह्वानको सूचना नेपाल राष्ट्र बैंकको वेबसाईट तथा Online System को माध्यमबाट प्रकाशित गरिने छ ।

(ग) बोलकबोलमा यस बैंकले काउण्टरपार्टी भनी तोकेका “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्।

(घ) काउण्टर पार्टीले बोलकबोलमा न्यूनतम रू.१ (एक) करोड वा रू.१ (एक) करोडले भाग जाने अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।

(ङ) काउण्टर पार्टीले बोल गर्दा आपूmले निक्षेपबापत जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्ने छ ।

(च) आह्वान रकमभन्दा बढीको बोल पर्न आएमा समानुपातिकको आधार (Pro-rata Basis) मा बाँडफाँड गरिने छ ।

(छ) आह्वान गरिएको बोल रकममध्ये सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने छ ।

(ज) स्वीकृत भएका बोल बापतको रकम यस बैंकमा रहेको सम्बन्धित काउण्टर पार्टीको खाताबाट खर्च गरिने र यसरी संकलित रकमलाई सो प्रयोजनको लागि खोलिएको अलग्गै खातामा राखी लेखाङ्कन गरिने छ ।

(झ) बोल स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा बोल बराबरको रकम नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ ।

(ञ) निक्षेप संकलन बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीलाई सोको निस्सा दिइनेछ ।

(ट) संकलित निक्षेपको भुक्तानी अवधि समाप्त भएपछि यस बैंकले ब्याजसहित निक्षेप रकम सम्बन्धित काउण्टरपार्टीको खातामा जम्मा गर्नेछ ।

(ठ) संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित काउण्टरपार्टीलाई फिर्ता हुने छैन । (ड) निक्षेप संकलन उपकरण प्रयोग गर्नको लागि सुरक्षणपत्र धितो राख्नु पर्ने छैन ।

(ढ) निक्षेप संकलन गरिएको रकम सम्बन्धित काउण्टरपार्टीको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने तर, यस बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (SLR) तथा ी Liquidity
Ratio मा गणना गर्न पाइनेछ ।

(ण) ब्याजदर करिडोरअन्तर्गत जारी गरिने निक्षेप संकलनको परिमाण खुला बजार कारोबार सञ्चालन समितिले निर्णय गरेबमोजिम हुनेछ ।

(त) तरलताको स्थितिको आधारमा गरिने निक्षेप संकलनको तथा ब्याजदर करिडोर अन्तर्गतको निक्षेप संकलनको प्रतिशत निर्धारण गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ ।

८. यस कार्यविधिमा कुनै द्विविधा उत्पन्न भएमा खुला बजार कारोबार सञ्चालन समितिले व्याख्या वा निर्णय गरेबमोजिम हुनेछ ।

प्रतिक्रिया