पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर निष्कासन

काठमाडौं । पिपुल्स पावर लिमिटेड (PPL) ले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर आज (असार २२ गते)देखि निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले १० कित्ता बराबरमा ५ कित्ताको अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ कायम गरिएको छ, जसअनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ संकलन गर्नेछ।

यस प्रयोजनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरिसकेको छ। असार १ गतेसम्म सेयर खरिद गरी नाममा कायम शेयरधनीले साउन ११ गतेभित्र हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसहित प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत र ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई 'CARE-NP BB (Is)' रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको देखाउँछ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेकोमा हकप्रद सेयर बाँडफाँटपछि ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम पुवा–२ जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न बैंकबाट लिएको ऋणको भुक्तानी तथा सोही आयोजना र कम्पनीद्वारा प्रवद्र्धित अन्य परियोजनाको विकासमा खर्च गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय