म आज टाढा छु
त्यो परिवार गाउँघर
अनि साथिभाई बाट
यौटा सपना पूरा गर्न
धेरै सपना बोकेर
निधार मा बाआमा को हात को
सेतो टीका लगाएर
हात मा हरियो पासपोर्ट बोकि
रातो पासपोर्ट र हरियो डलर
खोज्न मलाई रहर पट्क्कै होइन !!!
मलाई माफ गर आमा
बुढेसकालमा तिम्रो
काख खाली राखेर
कहाँ हो कहाँ यो
मरुभूमिमा आउन
रहर होइन
बाध्यता भयो आमा बाध्यता
आफ्नो देश छाड्न
कुन छोरो मान्छ र आमा
आखिर नहिँडि पनि त भएन
त्यो गाउँ मा गरेको दु:खले एक छाक
भात खाएर कहाँ हाम्रो
परिवार धान्छ र आमा
आमा सुन्न परेको छैन
यहाँ को टिभिमा
हत्या हिंसा बलात्कार
भ्रष्टाचार अनि न्याय नपाएका
निर्मला हरु को समाचार
यहाँ का हस्पिटल हरु मा
मानव अंग को ब्यापार
नेताहरू ले गर्ने उखानटुक्का का भाषण
मानव स्वास्थ मा असर पर्ने गरि
खाद्यान्न हरु मा मिसावट को खबर
र त यहाँ का मानिस स्वस्थ छन
सुन्छु त केबल राज्यले
बेरोजगार भत्ता दिएको
नयाँ नयाँ पानीजहाज किनेको
हावाबाट बिजुली निकालेको
बैंकहरुले ब्यापार गर्न रिण लगानी गरेर
खोलिएका नयाँ नयाँ कम्पनिहरु को कुरा
नियम कानुन बिपरित कार्य गर्ने लाई
लगाईएका जरिवाना का कुरा
आमा देख्न परेको छैन
यहाँ को सडक मा
टायर बालेको
पिच गरेको बाटो
हप्ता दिन मै भत्किएको
बाटो साँघुरो भएर होस या
नेताको सवारीका कारण
एम्बुलेन्स हरु जाममा परेर
मिर्त्यु भएका ती बिरामीका
लासहरु
खेतियोग्य जमिन मा
घडेरी पलटिङ गरेर
खाद्यान्न संकट का परिदृश्य हरु
युवा बिदेश पलायन भएर
बाँझै रहेका ती खोरिया हरु
नेता को लागि भनेर किनिएका
महंगा हेलिकप्टर हरु
हिलाम्य सडक मा
गाडी गुड्न नसकेर
दुरघटना का ती
कहालिलाग्दा घटनाहरु
देख्छु त केबल
मानिस को ब्यस्त जिन्दगी
जताततै कृषिक्रान्ति गरेर
ठुला ठुला कम्पनी खोलेर
लाखौं जनता लाई रोजगार दिएको
हावा बाट बिजुली निकाल्न
डाँडा काँडा टर्बाइनै टर्बाइन
र
पानी जहाज ले भरिएका समुन्द्र हरु
गाला चाउरी परेका
बाबा आमाहरुले पनि
कोदाली खनेको
लामा लामा सुरुङ्गमार्ग हरु
जस्ले लामो दुरि को यात्रा
छोट्याइदिएको छ !!!!