लिखत सम्बन्धी कसुरमा वीरगञ्जका मेयर सिंह पक्राउ

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई शुक्रबार बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार सिंहलाई बिहान करिब ६ः१५ बजे पक्राउ गरिएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

पक्राउपछि मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान र सोधपुछ जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय