रवि लामिछाने–मोदी संवाद: नयाँ विकास साझेदारीमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane ले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा भारतीय प्रधानमन्त्री Narendra Modi सँग गहन छलफल भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री मोदीसँगको भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै लामिछानेले झण्डै एक घण्टा लामो संवाद फलदायी रहेको उल्लेख गरेका हुन्।

उनका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धमा विगतका जटिलता र चुनौतीहरूलाई पार गर्दै विकास केन्द्रित कूटनीतिक सम्बन्धलाई नयाँ चरणमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, दुवै देशका साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भएको उनले बताएका छन्।

लामिछानेले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर, पूर्वाधार विकास तथा सहज कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर नेपाल–भारत साझेदारीलाई थप विश्वास, प्रगति र समृद्धितर्फ उन्मुख बनाउन सकिने धारणा व्यक्त गरेका छन्।

‘साझा समृद्धिका लागि रहेका अवसरहरूलाई व्यवहारमा उतार्न हामी प्रतिबद्ध छौँ,’ उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय