उद्योगमन्त्रीमा दीपककुमार साह, लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष मन्त्री साहले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहेको थियो।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद साहलाई प्रधानमन्त्री शाहले बिहीबार नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए।

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार नै पदबाट राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी रिक्त भएको थियो। सोही रिक्त पदमा सांसद साहलाई नियुक्त गरिएको हो।

पेसाले इन्जिनियर रहेका साह अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया