लभ फ्रम योर भ्यालेनटाईन

—————————————-
भ्यालेनटाईन,
लभ फ्रम योर भ्यालेनटाईन
१४ फेब्रुअरी, जीवन एक डायरी
शताब्दीऔं पुरानो तर,
नयाँ सस्करण बोकेर, नयाँ पुस्ता
पल्टाईरहदा डायरीका पाना पाना
नियालिरहन्छु `विक अफ लभ´
याद फुलिदिन्छ रातो गुलाफ बनेर
सर्बाधिकार, सेन्ट भ्यालेनटाईन ।

सुन्दर फूल तिमी
तिम्रो सुवास फैलिदा पर-पर
घर आँगनदेखि अलि पर
दोबाटोदेखि अझै पर
गाउँदेखि झनै पर
एकान्त मोड
बस्ती माथी भञ्ज्याङ् छेवैमा
उभिएको वर पिपल चौतारी
मेरो साथी
हो, त्यही चौतारी साक्षी
हर क्षणका पर्खाईहरुमा
ढकमम्क फुल्थेँ म ।
फेरि उता
अगाध प्रेम बोकेर नदि
बहाब सँगै भावना बगाईरहन्थ्यो
त्यही प्रेम भेट्न्
सलल बग्थे म ।

न तिमिलाई प्रेम पत्र लेखेँ
न त तिमिलाई अर्काको देखेँ
न गुलाफको फूल उपहार दिएँ
न त भावना खुलेरै साट्न सकेँ
उचाइमा बादलभित्र चक्लेट
अङगालो र चुम्बन कति कति
क्यारी सक्थेँ र भेट्न् म
आफ्नो रङ्गमा, अर्काको रङ्ग पोतिए पनि
फूल तिमी सुवास फूल नै हौ
बरु सधैं तिमिलाई आफ्नै देखिरहेँ
प्राप्ती केही होईन,समर्पण ठुलो
साथी, तिम्रो गुलाफ
मित्रता र मुटुको धड्कनकाे प्रतीक बनोस्
प्रेम अर्थहिन नबनोस ।

आँखा-आँखा बिचको माया
त्यही मायाको चापले
परेलाका बाँध भत्किदा
अध्यारा रातहरुले भेल छोपेर
बिहानिको पर्खाइमा बाँचिरहे
समय बलवान् छ साथी
औसधि बनोस समय
यो क्षण, प्रेम समझदारी, समर्पण
बिश्वास र पबित्रताको प्रतीक बनोस
तर बिदाईको प्रतीक नबनोस ।

लेखक:बिष्णु पाैडेल निरिष,स्याङजा

प्रतिक्रिया