लगानीको अवसर - ४ कम्पनीको आइपीओ एकै पटक आउँदै

काठमाडौंँ - विभिन्न चार कम्पनीको आइपीओ माघ महिनाको १० गते भित्र निष्कासन हुदैं छन् । २ कम्पनीले सर्वसाधारण र २ कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गर्ने लागेका हुन ।
 

कालिञ्चोक दर्शन

कालिञ्चोक दर्शन लिमिटेडले आगामी माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

२ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

सुपर मादी हाइड्रोपावर
सुपर मादी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने लागेको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूमा र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको शेयरबाट पनि ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएर १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।उक्त आईपीओमा छिटोमा माघ १२ गते र ढिलो अवधि माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सानिमा मिडिल तमोर हाइड्रोपावर

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीीले पहिलो चरणमा माघ ४ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा विक्री गरीनेछ ।

स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा विक्री गरीनेछ ।

स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो ।उक्त आइपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

सगरमाथा जलविद्युत कम्पनी

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर भने विदेशमा रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागिएको छ ।

उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

आईपीओ विक्री मिति स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १९ गते र ढिलोमा फागुन ५ गतेसम्मका लागि तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाइ आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने नेपाल सि–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया