काठमाडौं। चीनसँगको प्रमुख नाका तातोपानी भन्सारमार्फत चालू आर्थिक वर्ष २०८१र८२ को वैशाख महिनामा मात्रै १२ सय १८ युनिट विद्युतीय सवारी साधन ९ईभी० नेपाल भित्रिएका छन्।
तातोपानी भन्सार कार्यालयका अनुसार वैशाखमा आयात भएका यी गाडीबाट मात्रै सरकारले १ अर्ब ६६ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। सो महिनामा मात्रै ३ अर्ब रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान, मिनिबस र माइक्रोबस नेपाल भित्रिएको छ।
विशेषगरी माइक्रोबसको आयात उल्लेख्य रहेको छ। वैशाख महिनामा मात्रै ५१ करोड ४५ लाख रुपैयाँ बराबरको २०१ युनिट माइक्रोबस तातोपानी भन्सारबाट आयात भएका छन्। त्यस्तै २ अर्ब ४० करोड बराबरका ९९० युनिट कार, जीप र भ्यान, र अन्य २७ युनिट सवारी पनि आयात भएका छन्।
तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा विद्युतीय सवारीमा कर बढ्ने हल्लाले व्यवसायीहरूले वैशाखमै बढी आयात गरेका हुन्। उनले भने, “बजेटमार्फत भन्सार दर बढ्ने शंका भएकाले व्यवसायीहरूले गाडी आयात बढाएका हुन्। वैशाखमै मात्रै ३ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी भित्रिएको छ।”
तातोपानी नाकाबाट हाल दिपल, सेरेस, नामी, ओमोडा, लिपमोटर, जिकर, एमजी, फोटोन जस्ता ब्राण्डका गाडी आयात भइरहेका छन्। अहिले एक हजार युनिट गाडी जाँचपासको लागि पाइपलाइनमा रहेको र दिनमा सयदेखि डेढ सय युनिट गाडी जाँचपास भइरहेका छन्।
तातोपानी भन्सार कार्यालयका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडी सबैभन्दा धेरै आयात हुने गरेका छन्। चालु आर्थिक वर्षको १० महिनामा तातोपानी नाकाबाट ३ हजार ९४६ युनिट ईभी नेपाल भित्रिएका छन्। सो अवधिमा १० अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी भित्रिएको र ५ अर्ब ४० करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।
तातोपानी भन्सारबाट वैशाख महिनामा आयात भएका ईभीको विवरण | |||||
---|---|---|---|---|---|
सि.नं | संकेत नम्बर | सवारीको विवरण | परिमाण (UNIT) | करयोग्य मूल्य (रु) | राजस्व (रु) |
1 | 87024030000 | Micro bus (11 to 14 seat) only with electric motor | 201 | 514,499,344.1 | 128,027,579 |
2 | 87038029000 | Electric car, jeep & van upto 50KW | 238 | 400,527,966.8 | 173,314,204 |
3 | 87038059000 | Electric car, jeep & van 51KW to <100KW | 682 | 1,770,513,147 | 1,128,514,664 |
4 | 87038069000 | Electric car, jeep & van 101KW to <=200KW | 70 | 233,321,178.9 | 198,551,972 |
5 | 8704211000 | Goods vehicle, pickup (≥ 2 persons incl. driver) | 4 | 7,419,332.23 | 13,239,605 |
6 | 8704234000 | Truck (g.v.w. > 20 tonnes) | 4 | 32,887,200 | 9,645,325 |
7 | 87046900000 | Other electric 4-wheeler | 19 | 42,005,288.14 | 16,745,596 |
जम्मा | 1,218 | 3,000,000,000+ | 1,668,000,000 |