निर्देशक प्रकाश भट्ट यो वर्ष पनि चर्चामा,भट्टको निर्देशनमा रहेको तीज गीत उत्कृष्टको एक नम्बर सूचीमा

काठमाण्डौ । हरेक तीजमा तीन दर्जन भन्दा धेरै गीत निर्देशन गरेर सफल निर्देशकको उपाधि पाएका निर्देशक प्रकाश भट्टले निर्देशन गरेको तीज गीतले यो वर्ष असारमै तहल्का मच्चाएको छ । 

उनले निर्देशन गरेको झम झम झम्काना बोलको गीत युट्युबको एक नम्बरमा आएको छ भने सार्वजनिक भएको ६ दिनमै १५ लाख भन्दा धेरै दर्शक बनाएको छ । गीत सफल भएपछि भट्टले सम्पूर्ण टिमको उत्कृष्ट कामले गीत राम्रो बनेको बताउनु भयो ।  

माया प्रेमलाई विषय बनाई तयार पारिएको उनको पछिल्लो गीतको अडियो र भिडियो निकै दमदार रहेको छ । गीतलाई भगीरथ चलाउने र सुनिता बुढाले आवाज दिएका छन् भने बोम बहादुर गाहा मगरले शब्द सिर्जना गरेका छन् भने लय भने गायक चलाउने कै रहेको छ ।

गीतलाई कुशल निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने भगीरथ र गीत ढुङ्गानाको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया