• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • जीवनशैली / मनोरंजन ,
  • विशेष/भिडिओ

अखेलीले ल्याए वास्तविक कथामा बनेको अत्यन्तै उत्कृष्ट तीज गीत - आमा

काठमाण्डौ - नेपालीहरुको महान पर्व तीज तपाईं हाम्रो नजिक नजिक आइरहेको छ । यही पर्वको आधारमा तीज गीतहरू सार्वजनिक भइरहेका छन् । 

 

करिब २ सय हाराहारीमा तीज गीतहरू आज सम्म सार्वजनिक भै सकेका छन् भने केही सार्वजनिक हुने क्रममा छन् । कतिपय तीज गीतहरू तीजको भावना बोकेका भएनन भन्ने गुनासो स्रोताले गरेका छन् भने कति गीतहरूले प्रशंसा पनि पाएका छन् । 

 

यसै बीच यस्तै उत्कृष्ट तीज गीत आमा भर्खर मात्र सार्वजनिक भएको छ । सत्य कथामा आधारित सो गीतलाई शिव अखेलिले उत्कृष्ट शब्द सिर्जना गरेका छन् भने लय सिर्जना भने गोविन्द पौडेलको रहेको छ । गीतलाई सरस्वती लामिछानेले निकै मन् छुने आवाज दिएकी छन् । 

 

तारानाथ आचार्यको संगीत संयोजन र निर्देशन रहेको सो गीतमा सूर्य,सिल्पा,सरस्वती,रुपा लगाएत आधा दर्जन कलाकारको अभिनय रहेको छ । 

 

प्रतिक्रिया