१४ अंकले बढ्यो नेप्से, काराेबार रकममा भने गिरावट

काठमाडौं, चैत १२ — साताको अन्तिम कारोबार दिन NEPSE परिसूचक बढेर बन्द भएको छ भने कारोबार रकम भने घटेको छ। अघिल्लो दिन घटेको बजार बिहीबार भने सुधार देखिएको हो।

यस दिन नेप्से १४.२१ अंकले उकालो लाग्दै २९५०.१६ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सामान्य रूपमा बढेका छन्।

यद्यपि बजार उकालो लाग्दा पनि कारोबार रकम घटेको देखिएको छ। बुधबार १५ अर्बभन्दा बढीको कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३४३ कम्पनीका करिब ३ करोड ४ लाख कित्ता शेयर किनबेच भएका छन्।

यस दिन ५ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ भने केही जलविद्युत कम्पनीहरूमा उल्लेख्य वृद्धि देखिएको छ। नेशनल हाइड्रोपावर र रिडी पावरको मूल्य ६ प्रतिशतभन्दा बढी बढ्दा शुभम् पावरको मूल्य पनि झण्डै ६ प्रतिशतले उकालो लागेको छ। यता पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य भने सबैभन्दा धेरै ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडि रह्यो भने एसवाई प्यानल नेपाल र नेशनल हाइड्रोपावर पनि उच्च कारोबार भएका कम्पनीमा परे।

उपसमूहतर्फ १३ मध्ये ९ उपसमूहको सूचक बढ्दा ३ उपसमूह घटेका छन्। जलविद्युत र उत्पादन समूहमा उल्लेख्य सुधार देखिँदा व्यापार समूहमा भने सबैभन्दा धेरै गिरावट आएको छ। म्युचुअल फण्ड समूह स्थिर रहेको छ।

प्रतिक्रिया