काठमाडौं - आज एकै दिन पाँच कम्पनीको शेयर मूल्य घटेर कारोबार हुँदै छ जसमा नविल बैंक समेत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ इन्सुरेन्स र बुटवल पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको गरेको हो ।
जसमा नबिल बैंकको १८.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ७२१ रुपैयाँ १० पैसा कायम भएको छ ।
यस्तै, हिमालयन बैंकको ८% बोनस सेयरपछि समायोजित भाउ प्रतिकित्ता ३३८ रुपैयाँ ०६ रुपैयाँ कायम भएको छ । यता, महालक्ष्मी विकास बैंकको ४% बोनस सेयरपछि समायोजित भाउ प्रतिकित्ता ३३३ रुपैयाँ ६५ पैसा, सिद्धार्थ इन्सुरेन्सको ९% बोनस सेयरपछि समायोजित भाउ प्रतिकित्ता ५९१ रुपैयाँ ६५ पैसा र बुटवल पावर कम्पनीको ५% बोनस सेयरपछि समायोजित भाउ प्रतिकित्ता ३२२ रुपैयाँ २८ पैसा कायम भएको छ । अब सोमबार यी कम्पनीहरुको सेयर कारोबार समायोजित भाउलाई आधार मानेर खुला हुनेछ ।