काठमाण्डौ – नेपालीहरूको ठूला पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्ना बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्।
तीजको भाव बोकेका मौलिक सिर्जना गर्नु व्यवसायिक रुपमा बालुवामा पानी हाले जस्तै हो, तर सर्जकहरूले यो पाटोलाई पनि जीवित राख्न असली तीज गीतहरू पनि सार्वजनिक गरिरहेका छन्। यसैबीच, युवा सर्जक प्रमोद भुषालले आफ्नो नयाँ गीत 'तिते करेली' सार्वजनिक गरेका छन्।
व्यवसायिक भन्दा पनि मौलिकता जोगाइराख्न यस्ता गीतहरू सार्वजनिक हुनु जरुरी छ। गीतले नारीको भावनालाई तीजकै शैलीमा व्यक्त गरेको छ। गीतलाई देवी घर्ति, प्रमोद भुषाल, र सुस्मा विसीले आवाज दिएका छन्। गीतको शब्द तथा लय सिर्जना प्रमोद भुषालले गरेका छन् भने संगीत संयोजन कृष्ण बाजुरालीले गरेका छन्।
गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। गीतलाई प्रविण थापाले निर्देशन गरेका छन् भने नारायणी खत्री, सञ्चिता बोलाखे, उमराज थापा, र सुस्मा विसीले अभिनय गरेका छन्।