कालीकोट बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु, १३ गम्भीर घाइते

सांकेतिक तस्बिर

सुर्खेत । कालीकोट जिल्लाको पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। क. १ ज. ५६ नम्बरको बोलेरो जीप, पलाता गाउँपालिका–५ खिनबाट थिर्पुतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो।

घटनास्थलमा प्रहरी निरीक्षक टेक बहादुर रावतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कालीकोटबाट ११ जनाको टोली खटिएको थियो। थप उद्धारका लागि नजिकका प्रहरी चौकी थिर्पु र पचालझरनाबाट पनि टोली परिचालन गरिएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट पाँच घण्टाको दूरीमा रहेको हुँदा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरूको नामावलीमा दसकला शाही, पदम बम, भगवति रोकाया, गणेश शाही, छाया शाही, र दमन रोकाया रहेका छन्।

घाइतेहरूमा केशब थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया, दान बहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया, चालक धनिराम रावत, दोलि बिक, र आयुशा बिक रहेका छन्। सबै घाइतेलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका लागि ल्याइएको छ।

प्रतिक्रिया