नेप्से परिसूचक ४३ अंकले वृद्धि, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडाैं - बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २,७४२.८८ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।

आज सबैभन्दा धेरै विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले वृद्धि भएको छ भने इस्टर्न हाइड्रोको शेयर ९.२४ प्रतिशतले बढेको छ। त्यस्तै, सबैभन्दा बढी अपार श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएकोछ।

प्रतिक्रिया