स्मार्ट लाइसेन्स छपाई सुरु,अब सबैले घरमै लाईसेन्स पाउने

काठमाडौं । आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुने भएको छ । सात महिनाअघि स्थगित भएको सवारी चालक अनुमतिपत्रको छपाइ आजदेखि सुरु हुन लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

आज विभागमा आयोजना हुने एक कार्यक्रमबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले छपाइको सुरुवात गर्ने विभागका निर्देशक लोकनाथ भुषालले जानकारी दिए ।


उनका अनुसार विभागले मगाएको कार्ड स्पेशिफिकेसन अनुसारको गुणस्तर परीक्षण सम्पन्न गरी छपाइको काम सुरु गर्न लागिएको हो । आजदेखि चारओटा मसिनबाट स्मार्ट लाइसेन्स छपाइको काम सुरु हुनेछ ।

सबै मसिनले राम्रोसँग काम गरेको खण्डमा प्रतिमिनेट चार ओटाका दरले तीन सिफ्टमा दैनिक १० हजार छपाइ हुनेछ । त्यो हिसाबले अबको तीन महिनाभित्र ट्रायल पास गरेका चालकले स्मार्ट लाइसेन्स प्राप्त गर्नेछन् ।

हाल स्मार्ट लाइसेन्स नहुँदा सात लाखभन्दा बढीले रसिदकै भरमा सवारी चलाएका छन् ।

प्रतिक्रिया