बैंककै कर्मचारीले चोरे ग्राहकको १ करोड ३७ लाख

काठमाडौँ । आफ्नै ग्राहकको पैसा चोरि गरेको अभियोगमा प्रहरीले एक कर्मचारीलाई पक्राउ गरेको छ । उनले १ करोड ३७ लाख भन्दा धेरै रकम चोरेको आरोप छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो  । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।

नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी ९एसपी० होबिन्द्र बोगटीले रातोपाटीलाई बताए ।

आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया