के आज अर्थमन्त्रीको राजीनामा आँउदै छ ?

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएसँगै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बहसले अर्थजगत् तातेको छ । नैतिकताको आधारमा शर्मा पदमा बसिरहन नमिल्ने धेरैको बुझाइ छ । 


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार बिहान आफ्नो ट्विटरमा एउटा तस्बिर पोस्ट गरे । तस्बिर पूर्वअर्थमन्त्री महेश आचार्यको थियो । आचार्यले ०५६ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनको जोडबलमा सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावललाई पदबाट हटायो । रावलले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारे । सर्वोच्चले उनको पद थमाइदियो । त्योसँगै आचार्यले नैतिक रूपमा अर्थमन्त्रीबाट राजीनामा दिए ।

यता यही प्रसङ्ग जोडेर धेरैले अर्थमन्त्रीको राजीनामा आउनु पर्ने तर्फ गरिरहेका छन । तर चुनावको मुखमा अर्थ मन्त्रालय जस्तो मन्त्रीले राजीनामा दिँदा समग्र चुनावलाई समेत ठुलो असर गर्ने हुँदा माओवादीले सो कदम चाल्ने सम्भावना निकै न्यून छ । यो समाचार तयार पर्दा सम्म अर्थमन्त्रीको राजीनामाको विषयमा कुनै आधिकारिक सूचना आएको छैन । नयाँ अर्थमन्त्री चयनको लागि चुनावको आचार संहिताले नदिने भएको हुँदा पनि शर्माको राजीनामा आउने सम्भावना निकै न्यून रहेको जानकारहरूको बुझाई छ । 

प्रतिक्रिया