चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

काठमाडौँ । उपमा सञ्चार प्राली र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजनामा हुन लागेको चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ (4th Maulik Gandaki Star National Award 2025) को उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ।

२०७२ वैशाख १३ गते अनलाइनमार्फत सार्वजनिक गरिएको मनोनयनमा करिब २०० भन्दा बढी कलाकारहरू सहभागी भएका थिए। विभिन्न विधामा प्रतिस्पर्धा गरी ३४ विधामा १७० जना कलाकारहरू उत्कृष्ट पाँच (टप फाइभ) मा पर्न सफल भएका छन्।

कार्यक्रमका संयोजक रामकृष्ण पाण्डेका अनुसार अघिल्ला तीन संस्करणसम्म गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा कार्यक्रम आयोजना गरिए पनि यस पटक भने फरक शैली अपनाउँदै देशकै राजधानी काठमाडौँमा चौथो संस्करणको फाइनल कार्यक्रम भव्य रूपमा सम्पन्न गरिने छ।

उक्त अवार्ड कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याएका कलाकारहरूलाई सम्मान गरिनेछ। आयोजकले यस पटकको अवार्डलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया