अब मासिक ४ सय रुपैयाँ मै इन्टरनेट पाइने

काठमाडौं । नेपालमा नयाँ इन्टरनेट प्रदायक कम्पनी थपिएको छ । सस्तोमा गुणस्तरिय सेवा दिने गरि वाइ फाई नेपाल आँउदो बुधबारदेखि बजारमा आउन लागेको हो । 

कम्पनीले ३० र ५० एमबीपीएसको गतिको इन्टरनेट प्याकेज सहित बजारमा आउन लागेको हो । यो मूल्य हाल चलेका इन्टरनेटको तुलनामा केहि सस्तो हो । 


हाललाई काठमाडौं उपत्यकामा मात्रै सेवा सुरु हुने र त्यसपछि विभिन्न चरणमा देशभर सेवा विस्तार गर्ने कम्पनीले योजना बनाएको छ । ३० एमबीपीएस प्याकेजको इन्टरनेट भ्याट बाहेक मासिक चार सय रुपैयाँ र ५० एमबीपीएस स्पिड प्याकेजको इन्टरनेट मासिक शुल्क ५५० रुपैयाँमै उपलब्ध हुनेछ । यो प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ ।


दुवै प्याकेजको लागि कम्पनीले अनलाइन बुकिङ खुला गरिसकेको छ  । जडानको काम बुधबारदेखि सुरु हुने कम्पनीले जनाएको छ। 


३० एमबीपीएस इन्टरनेट जडान गर्ने उपभोक्ताले एक महिनाको शुल्क चार सय रुपैयाँ सहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै, ५० एमबीपीएस इन्टरनेट प्याकेज लिने उपभोक्ताले जडान गर्दा एक महिनाको शुल्क ५ सय ५० रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क बुझाउनुपर्ने हुन्छ । 
 

प्रतिक्रिया