सरकारको सञ्चित कोष करिब दुई खर्ब ऋणात्मक


काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन  र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गर े।


प्रतिवेदनअनुसार आव २०८१÷८२ मा सरकारको सञ्चित कोष एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।
विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख रुपैयाँले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय