राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार दिउँसो २ः४५ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर उक्त जानकारी दिएका हुन्।
नेपालको संविधानको धारा ९५ अनुसार प्रत्येक वर्ष राष्ट्रपति मार्फत सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा पेस गर्नुपर्ने प्रावधान छ। यही व्यवस्थाअनुसार शुक्रबारको बैठक तय भएको हो।
सभामुख घिमिरेले सबै सांसदहरूलाई तोकिएको पोशाकमा निर्धारित समयभन्दा अघि नै संसद भवनमा उपस्थित हुन अनुरोध गरेका छन्।