पर्वत कलाकार समाज नेपालको अध्यक्षमा लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा 

काठमाण्डौ । पर्वत कलाकार समाज नेपालको अध्यक्षमा गायक कुलेन्द्र विश्वकर्मा चयन हुनु भएको छ । संस्थाका मंगलबार बसेको महाधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको संस्थाका निवर्तमान अध्यक्ष कस्तुप पन्तले जानकारी दिनु भयो । 

सो कार्यसमितिका अन्य पदाधिकारीहरू समेत सर्वसम्मत चयन भएको पन्तले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । अध्यक्षमा चयन भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायक विश्वकर्माले आफूले संस्थाको हकहितमा सक्दो योगदान गर्ने बताउनु भयो । 

संस्थाका अन्य पदाधिकारीको नामावली यस प्रकार रहेको छ ।  
अध्यक्ष  कुलेन्द्र विश्वकर्मा
बरिष्ठ उपाध्यक्ष कृष्ण समीप सुवेदी
उपाध्यक्ष  कुमार केसी 
महासचिव  प्रल्हाद सुवेदी
सचिव  सुजन बराइली
कोषाध्यक्ष  सुष्मा लोहनी
सह कोषाध्यक्ष  लक्षु प्रकाश मल्ल 
सदस्य
भीम बहादुर पौडेल 
रमेश सेन्चुरी 
सुरज श्रेष्ठ 
सृजना जिसी
संकल्प सुवेदी
कल्पना काफ्ले 
दिपिका पौडेल
अन्य सदस्य मनोनित गरिने ।

प्रतिक्रिया