गैरी खेतमा धान बोलको गीतमा टिकटक बनाउने ४ विजेता घोषणा

काठमाडौं । गायक तथा सर्जक हेमन्त खड्काले केही समयअघि सार्वजनिक गरेको आफ्नो नयाँ गीत ‘गैरी खेतमा धान’ को कुनै एक अंशमा आधारित उत्कृष्ट टिकटक बनाउने चार जनालाई पुरस्कार दिने घोषणा गरेसँगै विजेताहरूको नाम र टिकटक सार्वजनिक गरेका छन्।

सर्जक खड्काले आफ्नो सामाजिक सञ्जालमार्फत विजेताहरूका टिकटक सार्वजनिक गर्दै सोको घोषणा गरेका हुन्। आर्थिक सन्देशसँग कुरा गर्दै उनले विजेताले १५ दिनभित्र पुरस्कार दाबी गर्नुपर्ने बताए।

प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ सय, तृतीय पुरस्कार १ हजार र सान्त्वना पुरस्कार ५ सय रुपैयाँ प्रदान गरिनेछ।

एनएसएन रोशन नामको टिकटक खाता प्रथम भएको छ भने गोरे गुरुङ नामको खाताबाट सार्वजनिक गरिएको भिडियो दोस्रो भएको छ। त्यस्तै सुप्रिया थापा र नानि घले नामका खाताबाट सार्वजनिक भएका भिडियो क्रमशः तृतीय र सान्त्वना पुरस्कार विजेता बनेका छन्।

गायक खड्काले मौलिकता झल्किने टिकटकलाई प्राथमिकता दिइएको बताए। छनोट समितिका संयोजक निर्देशक प्रेम थापाका अनुसार मौलिक र सिर्जनात्मक प्रस्तुति प्रतियोगिताको मुख्य आधार रहेको छ।

 

प्रतिक्रिया