भारतको SCB Medical College and Hospital मा सोमबार बिहान भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ भने ११ जना कर्मचारी घाइते भएका छन्। घटना Cuttack स्थित उक्त अस्पतालको ट्रमा केयर विभागको आईसीयूमा बिहान करिब २:३०–३:०० बजेको बीचमा भएको बताइएको छ।
आगो लागेपछि अस्पताल प्रशासनले तुरुन्त दमकल टोलीलाई खबर गरेको थियो। दमकलकर्मीहरूले उद्धार अभियान सञ्चालन गर्दै आगो नियन्त्रणमा लिएका थिए। घटनापछि २३ जना बिरामीलाई तत्काल अन्य वार्ड तथा विभागमा सारिएको थियो।
उद्धारका क्रममा ट्रमा केयर आईसीयूका सात जना गम्भीर बिरामीलाई स्थानान्तरण गर्ने क्रममा मृत्यु भएको थियो भने उपचारकै क्रममा थप तीन जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उद्धार कार्यमा अस्पतालका कर्मचारी, प्रहरी तथा बिरामीका आफन्तहरूले सहयोग गरेका थिए।
घटनापछि Mohan Charan Majhi र Mukesh Mahaling घटनास्थल पुगेका थिए। सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री माझीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।