• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँट हुने तयारी, शेयर पर्नु भाग्यको भर

काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ बाँडफाँट अर्का साता मात्र गर्ने भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आज (भदौ २३ गते) प्रिअलमेन्ट सकाएर अर्को साता मात्रै बाँडफाँट गर्ने तयारी गरेको हो ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । जसमा ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् । यसमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १८ लाख ७० हजार आवेदको हात रित्तो हुने देखिएको छ ।

प्रतिक्रिया