काठमाडौं। यही बुधवार मनाइने महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरी स्थित भालेश्वर महादेव मन्दिरमा विशेष भक्तिमय उत्सव र महाआरतीको आयोजना गरिने भएको छ । यस अवसरमा मन्दिर परिसरमा विशेष भजन कार्यक्रम र साँझ ५ बजेपछि महाआरती गराइने कम्पनीले जनाएको छ ।
चन्द्रागिरी हिल्सले महाशिवरात्रीको उत्सवलाई विशेष बनाउन साँझ ४ बजेदेखि ९ बजेसम्म केबलकार टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यसले भक्तजनहरूलाई भालेश्वर महादेव दर्शन गर्न र महाआरतीमा सहभागी हुन सजिलो हुने अपेक्षा छ।
भालेश्वर महादेव मन्दिरले महाशिवरात्रीको पुरै दिन विशेष भक्तिमय कार्यक्रमहरू आयोजना गर्नेछ। यस अवसरमा भक्तजनहरूले भजन, कीर्तन र धार्मिक अनुष्ठानहरूबाट आफ्नो श्रद्धा प्रकट गर्नेछन्। महाआरतीले मन्दिर परिसरलाई दिव्य आभासले भरिदिनेछ।
चन्द्रागिरी हिल्सले यस अवसरमा केबलकार टिकटमा ५० प्रतिशत छुट दिँदै भक्तजनहरूलाई सहजता प्रदान गरेको छ। यो छुट साँझ ४ बजेदेखि ९ बजेसम्म मात्र लागू हुनेछ।