सुनको मूल्यमा १ सयले वृद्धि ,चाँदीको भने भाउमा गिरावट

काठमाडौं - मंगलबार सुनको मूल्य बढेको छ। चैत २२ गते सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने घटेको छ।

आज छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

साताको दाेस्राे कारोबार दिन, सुन तोलामा ६०० रुपैयाँले गिरावट भएको थियो। सो दिन सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य भने ओरालो लागेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य निरन्तर दोश्रो दिन गिरावट भएको हो। अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया