पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन

काठमाडौं — लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ। पार्किन्सन रोगबाट पीडित नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको चिकित्सकहरूले जानकारी दिएका छन्।

पूर्व एमाले नेता नेपाल केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। रोगले च्यापेपछि उनी सक्रिय राजनीतिबाट टाढिएका थिए। केही दिनअघि उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। तर, अवस्था जटिल बन्दै गएपछि मंगलबार उनको निधन भएको हो। कम्युनिष्ट आन्दोलनका एक अनुभवी र सैद्धान्तिक धारका नेताका रूपमा चिनिने नेपालले विभिन्न समय सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।

प्रतिक्रिया