हिमालयन पावर पार्टनर लिमिटेड (HPPL) ले हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति दिएको हो।
स्वीकृति अनुसार कम्पनीले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटललाई दिइएको कम्पनीले जनाएको छ।
कम्पनीले स्वीकृतिपछि नियामक निकायको प्रक्रिया पूरा गर्दै तोकिएको समयमा हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ।