• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

मनकामना लघुवित्तको आइपीओ बाँडफाँड भोलि हुँदै छ ? यस्तो छ तयारी

काठमाण्डौ - केही समय पहिला आइपीओ निष्कासन गरेको मनकामना लघुवित्तको शेयर सोमबार सम्ममा बाँडफाँड हुने भएको छ । 

कम्पनीको शेयरको प्रि allotment शुक्रबार सम्पन्न भएको थियो । सो संगै यही सोमबार सम्ममा बाँडफाँडको तयारी भएको कम्पनीले जनाएको छ । 

कम्पनीको आईपीओ करिब साढे २० लाखले आवेदन दिएका थिए । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदको लागि आवेदन परेको  थियो ।

लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताको ७३.१० गुणा बढी हो ।

 

प्रतिक्रिया