बुधबार नेप्से परिसूचकमा हरियाली,कारोबार रकम भने स्थिर

काठमाडौं - निरन्तरको ओरालो यात्रा पछि नेप्सेमा आज हरियाली छाएको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । 

आज समग्र बजार ३३ अंकले बढेर २०८० बिन्दुमा पुगेको छ । त्यस्तै १ अर्ब ८० करोड भन्दा धेरैको कारोबार भएको छ । 

यस दिन २६९ स्टकको ३९ हजार ९९६ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्त, ग्लोबल आईएमई बैंक र एनआईसी एशिय बैंकको साढे ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन ३ स्टकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक ९.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ।

प्रतिक्रिया