काठमाण्डौ - बहुप्रतिभाशाली गायक रोशन गैरेको यो वर्षको लागि तीज गीत धीरे धीरे माया भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई गीतलाई निकै उत्कृष्ट बनाइएको छ । गीतमा रोशनलाई यो वर्ष भने समीक्षा अधिकारले आवाजमा साथ दिएकी छन् ।
गीतलाई रोशन आफैले लय तथा शब्द सिर्जना गरेका हुन् । दर्विला शब्द र सुमधुर लय सिर्जना गर्न सक्ने खुबी रहेका रोशनले यो वर्ष पनि आफ्नो गीतमा त्यसलाई निरन्तरता दिएका छन् ।
थोरै गीत सार्वजनिक गर्ने गैरेलाई दर्शक श्रोताले समेत निकै माया गर्ने गरेका छन् । प्रकाश भट्टको दमदार निर्देशन रहेको गीतमा अर्जुन गौतम,करिश्मा ढकाल,रोशन गैरे र सुमी काफ्लेको अभिनय रहेको छ ।