• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • सूचना/प्रविधि ,
  • मुख्य खबर ,
  • पत्रपत्रिका

अच्चमको अफर - अव फोन गर्दा दुई मिनेटपछि सबै कल निःशुल्क

काठमाडौं - देशको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले प्रयोगकर्तालाई लक्षित गर्दै ऐतिहासिक अफर ‘दुईपछि फ्री’ सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।

यसको अर्थ अब पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिने भएको छ ।

योसँगै स्मार्ट प्रयोगकर्ताले आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग दुई मिनेटको शुल्क तिरेर लामो समयसम्म कुराकानी गर्न सक्नेछन् । 

 

आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिन सदैव तत्पर रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकलाई डेटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२र९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया