यज्ञ सापकोटाले तीज गीत "घर झगडा भाग ७" सार्वजनिक गरे (भिडियो)

काठमाडौं। नेपाली हिन्दुहरूको ठूलो पर्व हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ। यज्ञ सापकोटा र उनको टिमले मौलिक तीज गीत "घर झगडा भाग ७" सार्वजनिक गरेका छन्।

गीतमा धेरै परिवारभित्रको कथा उठाइएको छ र अडियो तथा भिडियो उत्कृष्ट बनेका छन्। गीतमा पशुपति शर्मा, यज्ञ सापकोटा, सीता केसी, सम्झना भण्डारी, अर्जुन सापकोटा, र सुनिता सुनारले आवाज दिएका छन्। गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

भिडियोको निर्देशन मदन खड्काले गरेका छन् भने सुविर पण्डित, रमा थपलिया, यज्ञ सापकोटा, अर्जुन सापकोटा, आयुषा कार्की, र सरस्वती पौडेलले अभिनय गरेका छन्।

 

प्रतिक्रिया