बुधबार बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा

काठमाडौंं - बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९७ हजार १ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया