टोकियोमा बलेवा सेवा समाज जापानको नयाँ कार्यसमितिले लियो सपथ

काठमाडौं । बलेवा सेवा समाज जापानको २०२५–२०२७ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम, निवर्तमान कार्यसमितिको समीक्षा बैठक तथा नयाँ कार्यसमितिको पहिलो औपचारिक बैठक टोकियोको सिनकोइबा स्थित न्यु मालिका रेस्टुरेन्टको हलमा सम्पन्न भएको छ।

कार्यक्रममा निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष एवं संरक्षक महेन्द्र पि.सी. र संरक्षक राजु के.सी.ले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए। साथै, संस्थाका निवर्तमान अध्यक्ष एवं संरक्षक महेन्द्र ढकाल, संरक्षक महेन्द्र पि.सी. र संरक्षक राजु के.सी.ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव रोशन चापागाईँले गरेका थिए। परिचयात्मक कार्यक्रमसँगै निवर्तमान कार्यसमितिको समीक्षा बैठक पनि समावेश गरिएको उक्त कार्यक्रममा उपस्थित सदस्यहरूले आफ्ना विचार, सुझाव र अनुभव साझा गर्दै संस्थाको भावी कार्यदिशाबारे छलफल गरेका थिए।

बैठकले संस्थाको आगामी कार्ययोजनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेको जनाइएको छ। ती निर्णयहरूको विस्तृत विवरण कार्यसमिति समूहमार्फत सार्वजनिक गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया