आईतबार नेप्सेमा पहिरो,दुई कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं - साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ। 

आज परिसूचक २७ अङ्कले घटेर समग्र बजार २०३४ विन्दुमा आएको छ भने कारोबार रकम भने ३ अर्ब ७७ करोडमा पुगेको छ । 

आज सबै सूचक राताम्य बनेका छन् । उक्त दिन कारोबार रकम साढे ३ अर्ब नाघेको छ । आज ३ अर्ब ६९ करोड २८ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ६८ हजार ९०६ कित्ता सेयर किनबेच भएको हो ।

कारोबारमा आज पनि हिमालयन रिइन्स्योरेन्सकै अग्रता छ । सो दिन कम्पनीको ३० करोड ९०लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो सूचीमा रहेको एनआइसी एशिया बैंकको पनि १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यता, जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया